३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पनौतीका सहकारीका सदस्यलाई दोहोरो सदस्यता त्याग्न अपिल


९ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

 

९ फागुन ०७६, पनौती । पनौती नगरपालिकाले एउटै उद्देश्यका सहकारी संस्थामा दोहोरो सदस्यता त्याग्न नगरवासीमा अपिल गरेको छ । नगरस्तरीय सहकारी विकास समितिले आउँदो २०७७ असोज मसान्तसम्ममा एकै प्रकृतिका सहकारीमा एकभन्दा बढी सदस्यता नलिन र लिएको भए त्याग्न अपिल गरेको हो ।
समितिले नपाको सहकारी ऐन–२०७४ को उपदफा (१) बमोजिम निर्णय गरी दोहोरो सदस्यता त्याग्न स्थानीय बासिन्दालाई आग्रह गरिएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । “सञ्चालकसमेतलाई दोहोरो सदस्यता नबन्न र बनेको भए एउटा मात्र छनोट गरी बस्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार दोहोरो सदस्यता नत्यागे कारवाहीसमेत गरिने चेतावनी दिइएको छ ।
अधिकारीका अनुसार सहकारी विभागले एकभन्दा बढी सहकारीमा रहेको दोहोरो सदस्यता हटाउन दिएको निर्देशन पालना गराउन नगर कार्यालयमार्फत अपिल गरिएको हो । सहकारी ऐन–२०७४ को दफा ३२ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाको सदस्य हुन नपाउने व्यवस्थाअनुरुप विभागले ऐन लागू भएकै मितिदेखि एक स्थानीय तहको एउटै प्रकृतिका एकमात्र सहकारी बस्न निर्देशन दिएको थियो ।
नगरमा बचत तथा ऋण, कृषि, महिला, पशुलगायत विभिन्न प्रकृतिका दुई सयभन्दा बढी सहकारी रहेका अधिकारीले बताउनुभयो । उहाँका अनुसार नगरको प्रारम्भिक अनुसन्धानमा अधिकांश नगरवासी बचत तथा ऋण र बहुउद्देश्यीय सहकारीमा दाहोरो, तेहेरो सदस्यता रहेको पाइएको छ । नगरपालिकाले आह्वान गरेपछि हालसम्म ३५ सहकारी नगरमा सूचीकृत भएका छन् ।
विषेशतः नगरको शहरी क्षेत्रका व्यवसायी ऋणका लागि धेरै सहकारीमा सदस्य बन्ने गरेका पाइएको समितिले जनाएको छ । केही समयअघि विभागले काभ्रेपलाञ्चोक, दोलखालगायत मध्यपहाडी जिल्लामा गरेको अध्ययन प्रतिवेदनमा ४५ प्रतिशतले दाहोरो सदस्यता लिएको उल्लेख गरेको थियो । समितिमार्फत कम सदस्यता सङ्ख्या भएका सहकारीलाई एकीकरण गर्नसमेत सुझाव दिइएको छ । स्थानीय तहलाई सहकारी संस्थाको दर्ता÷खारेजीको अधिकार छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ५ : ४६ बजे