ललितपुर खबर फोटोग्राफी
१० फागुन ०७६, खोकना । दक्षिणी काठमाडौंको नेवारी बस्ती खोकनामा शुक्रबारबाट खोकना पर्यटन महोत्सव २०२० शुरु भएको छ । भुकम्पपछि खोकना स्थानीय शिप र संस्कृतीको जर्गेना भन्ने नाराका साथ शुरु भएको महोत्सवले खोकनालाई जीवन्त बनाएको छ ।
खोकनाका बस्तीमा महोत्सवलाई पर्वकै रुपमा मनाइएको छ । हरेक चोक र गल्लीमा प्रर्दशनी गरिएको छ । बाटैभरि स्टल छन् । परम्परागत भेषभुसामा सझिएका स्थानीय बासिन्दाले खोकना ढपक्कै ढाकेको छ ।
बस्तीमा बेला बेलामा लाखे नाच देखाइन्छ । पाटीमा भजन सुनाइन्छ । परम्परागत घर अगाडि पुराना दैनिक जीवनमा प्रयोग हुने सामान, हस्तकला, खोकनाको तेल र ऐतिहासिक पुरातात्विक सरसामानहरुको प्रर्दशनी छ ।
खोकनाका आमा समुहहरुले बाटैभरि नेवारी परिकार पीसकरहेका छन् ।
०७२ सालको विनासकारी भुकम्पले क्षतिग्रस्त खोकना विस्तारै उठेको छ । मौलिक परम्परा,संस्कृती र रितीरिवाजलाई जोजाउन यस्ता महोत्सव उपयोगी हुने वडाध्यक्ष रविन्द्र महर्जन बताउनु हुन्छ ।
खोकना महोत्सव आइतबारसम्म चल्नेछ ।
प्रतिक्रिया