३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


साताको शेयर बजार : आठ अर्ब ६९ करोडको कारोवार


१० फाल्गुन २०७६, शनिबार  

0
Shares

१० फाल्गुन ०७६, काठमाडौं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । आज साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा उकालो चढेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८१ कम्पनीको रु आठ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४७४ मूल्य बराबरका कूल दुई करोड ५३ लाख ३३ हजार ५५९ कित्ता शेयर कारोवार भएको छ । बजार ओरालो लागेर न्यून विन्दुमा आइपुगेको नेप्सेको उकालो यात्रासँगै कारोवारमा देखिएको यो सुधार पछिल्ला दिनको सबैभन्दा बढी नै हो ।

त्यस्तैगरी साताको पहिलो दिन नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढ्को छ । सो दिन विभिन्न चार कम्पनीका शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको थियो । त्यस दिन नेप्सेमा १९।३९ ले वृद्धि भई एक हजार ३६३।९७ मा पुगेको थियो । कूल १७६ कम्पनीका ४१ लाख पाँच हजार १३४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोवार भए ।

त्यस्तै सोमबार नेप्से परिसूचक ३४ अङ्कले बढ्यो । लगातार उकालो लागेको बजारमा त्यस दिन नेप्सेले नयाँ इतिहास कायम गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४।२४ विन्दुले बढेर एक हजार ३९८।२४ मा पुग्यो । झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोवार भएको थियो । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भएका ।

मङ्गलबार नेप्सेमा १।७७ ले वृद्धि भई एक हजार ४००।०१ मा पुग्यो । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने रु दुई अर्ब माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर रु दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भयो ।

त्यस्तै बुधबार नेप्सेमा ५।२४ विन्दुले सुधार आई एक हजार ४०५।२५ मा पुग्यो । त्यस दिन कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद–बिक्री भए । त्यस्तै बिहीबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । लगातार उकालो लागिरहेको बजारले नयाँ उचाइ कायम ग¥यो । त्यस दिन नेप्सेमा २९।३२ अङ्कले बढेर एक हजार ४३४।५७ मा पुग्यो । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर रु दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद–बिक्री भए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ४ : ०८ बजे