३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य अहिले सम्मको नयाँ रेकर्ड


११ फाल्गुन २०७६, आइतबार  

0
Shares

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोलामा सात सय रुपैयाँ बढेको छ। त्यस्तै आज छापावाल सुन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आजको सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुको हो। त्यस्तै हिजो शनिवार छापावाल सुन प्रतितोलामा ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तैगरी आज तेजावी सुन प्रतितोलामा ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य बढेर प्रतितोलामा ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ५ : ४४ बजे