१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पुल्चोकबासीले जलाए ललितपुर मेयरको पुतला


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares


१३ फागुन ०७६, पुलचोक । सर्वोच्च अदालतको आदेशविरुद्ध सडक विस्तार गरेको भन्दै ललितपुर पुल्चोकका स्थानीय बासिन्दाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको पुतला जलाएका छन् । स्थानीय स्कूल मदन स्मारकको पर्खाल भत्काएर सडक विस्तार गर्न खोजेपछि अन्तिम फैसला नभई सडक विस्तार गरेको भन्दै विरोध भएको हो ।
स्थानीयबासीका अनुसार सर्वोच्च अदालतले गतजेठ १ गते नै अन्तरिक अन्तरिम आदेश जारी गरेको छ ।
स्थानीयबासीहरु सडकमा सडक विस्तारको विरोधमा प्लेकार्ड बोकेर विरोध प्रर्दशन समेत गरेका हुन् ।

मदनस्मारक माविका पूर्व्विद्यार्थी एवम् स्थानीय महेशराज बज्राचार्यले विद्यालयको जग्गा नमिच्न गरेको आग्रह बेवास्ता गर्दै महानगरले सडक विस्तार गरेपछि बाध्य भएर मेयरको पुत्ला जलाएको बताए ।
सडक विस्तारका क्रममा दुवैतर्फ बराबर भत्काएर सडक विस्तार गर्नुपर्ने भए पनि एकातिर मात्रै त्यो पनि सरकारी जग्गा मात्रै लिएको भन्दै स्थानीयबासी आक्रोशित भएका हुन् ।
सडक विस्तारका क्रममा मेयर महर्जनसँग स्थानीयबासीले छmफल समेत गरेका थिए । तर कुनै निर्णय हुन भने सकेन । विना निर्णय निसकेपछि स्थानीय प्रर्दशनमो उत्रेका हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : ४५ बजे