३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा उछाल, ४३ अङ्कले वृद्धि


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares

१३ फाल्गुन ०७६, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मंगलवारको दिन नेप्से ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।

त्यस्तैगरी नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर कारोवार भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर वृद्धि भएको छ । त्यस्तै बैंकिङ १२.८९, व्यापार ४७.०९, होटल ११.२२, विकास बैंक ४४.४९, जलविद्युत् ४६.५१, वित्त १९.४२, निर्जीवन बीमा ३०७.०९, उत्पादन ११८.४२, अन्य ५१.०३, लघुवित्त ८३.४४, जीवन बीमा ६७३.४९ र सामूहिक लगानी कोष ०.०९ ले वृद्धि भयो ।

स्टकका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड ३३ लाख ५१ हजार १६८ बराबरको कारोवार भई शीर्षो स्थानमा रहेको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १४ करोड ३६ लाख १५ हजार १८२, शिखर इन्स्योरेन्स कम्पनी रु १० करोड ६५ लाख ३४ हजार ३६२, नेको इन्स्योरेन्स रु नौ करोड ४२ लाख ७७ हजार ५७९, एनएमबी बैंक रु नौ करोड ३५ लाख नौ हजार ६६६ र एनआइसी एशिया बैंकको रु नौ करोड सात लाख ५५ हजार ८५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

त्यस्तैगरी नेप्सेका अनुसार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा युनिलिभर नेपाल ९.९९, शिखर इन्स्योरेन्स ९.९८, र लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९३ प्रतिशतले कमाएका छन् । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ३।६३, प्रोगेसिभ फाइनान्स २.६७, रिलायन्स फाइनान्स २.६४, एभरेष्ट बैंक १.९२, एनआइब्एिल प्रगति फण्ड १.१७ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ०.७६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ५ : ४६ बजे