१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हावाहुरीले तार जल्दा ललितपुरमा अन्धकार


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१४ फागुन ०७६, चापागाँउ । ललितपुरको ठेचो बाङ्गेधारामा मंगलबार साँझ हावा हुरीले विजुली बत्तकिो तार जल्दा मध्य तथा दक्षिण ललितपुरमा १३ घण्टादेखि अन्धकार छाएको छ ।
विद्युत् प्राधिकरण ठेचो शाखामा कार्यरत एक कर्मचारीका अनुसार मंगलबार साँझपख झरिसँगै आएको हावा हुरीले तार जुधेपछि जलेको थियो ।
लगनखेल वितरणकेन्द्रबाट आएको लो लाइन(फिडर)ललितपुर महानगरपालिका,गोदावरी नगर कोञ्ज्योसोम, महाँकाल र वागमती गाँउपालिकामा समेत विद्युत् वितरण भइरहेको छ ।
ललितपुरमा बैकल्पिक विद्युत् वितरण केन्द्र नहुँदा ललितपुरको लगनखेलदेखि करिव ६५ किलोमिटर टाढा ठूलादुर्लुङ्गसम्म यो फिडर मार्फत विद्युत् वितरण भइरहेको छ ।
विद्युत् प्राधिकरणले दक्षिणललितपुर ,पश्चििमी काभ्रे र उत्तरी मकवानपुरका केही भु–भागलाई विद्युत् वितरण गर्न कोञ्ज्योसोमको उन्युचौमा विद्युत वितरण केन्द्र सवस्टेशन निर्माण गरिरहेको भए पनि पुरा भएको छैन । विद्युत् प्राधिकरण ललितपुर प्रमुख राम दुलार यादवका अनुसार ललितपुरलगायत उपत्यकामा विद्युत् वितरण प्रणाली पुरानो र कम क्षमताको हुँदा बेला बखत विद्युती वितरणमा समस्या छ ।

उन्युचौर

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ५८ बजे