४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

१४ फाल्गुन ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउनुहुने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।

त्यस्तैगरी राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको गरिएकोछ । भोलि १५ गते बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो।

राष्ट्रपति भण्डारीले बिहीबार नै दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट राष्ट्रपतिलाई पाटनमै नागरिक अभिनन्दन गरिने भएको छ ।

त्यसभन्दा अगाडि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि राष्ट्रपतिले विषेश पूजाआजा गर्ने कार्यक्रम छ । मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ । यस्तै १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

राष्ट्रपतिको स्वागतका लमगि सार्वजनिक बिदा : बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।” राष्ट्रपति भण्डारी आजदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहनु भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ३ : ५५ बजे