३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


धितोपत्र बजार : साढे चार अर्बको कारोवार


१५ फाल्गुन २०७६, बिहिबार  

0
Shares

१५ फाल्गुन ०७६,काठमाडौं । साताको पाँचौ दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रमा आज पनि जारी रहेको । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । त्यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा पुुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो ।

त्यस्तैगरी नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुुगेको छ । आज कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भएको छ।

नेप्सेमा भारी वृद्धि हुँदा कारोवार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर मात्र उकालो लागेको छ । बैंकिङ ८३.२९ अङ्कले बढ्दा विकास बैंक ३८६५ र उत्पादन उपसमूहको शेयर १.४५ अंकले बढेको छ । व्यापार ४८.४३, होटल २७.६२, जलविद्युत् २१.५, वित्त ८.५२, निर्जीवन बीमा २१३.३९, अन्य २२.५३, लघुवित्त ५६.३५, जीवन बीमा १६४.६३ र सामूहिक लगानी कोषको ०।१६ अङ्कले घट्यो ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २८ करोड ९२ लाख ३७ हजार २८३ मा खरिद बिक्री भयो । त्यस्तै एनआइसी एशिया बैंकको रु २० करोड ५९ लाख ४६ हजार ५०५, एनएमबी बैंकको रु १५ करोड ७० लाख ६१ हजार २३८, नवील बैंकको रु १५ करोड ३० लाख ६७ हजार ५७८, शिवम् सिमेन्टको रु १४ करोड ८९ लाख ६७ हजार ८७ र प्रभु बैंकको शेयर रु ११ करोड ८३ लाख १७ हजार ८९० मा खरिद बिक्री भयो ।

आज सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाए । त्यस्तै नेपाल एसविआइ बैंकका ९.९४, हिमालन बैंकको ९.९२, नवील बैंकको ९.७७, वमि माइक्रोफाइनान्स वित्तीय संस्था ९.३१, स्टाण्र्डड चार्टड बैंकको ८.७० र एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.२० प्रतिशतले कमाएका छन् ।

त्यस्तैगरी परिसूचक बढे पनि आज सबैभन्दा बढी नाग्दी ग्रुप पावरका शेयरधनीले ६.७१ प्रतिशतले गुमाए । सिनर्जी पावर ६.५०, समृद्धि फाइनान्स ६.१९, साल्ट ट्रेडिङ कर्पोरेशन ४.९९, युनाइटेड इन्स्योरेन्स ४.८५ र नेपाल सेवा लघुवत्त वित्तीय संस्थाका शेयरधनीले ४.८१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ६ : ३४ बजे