३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक


१६ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

१४ फाल्गुन ०७६,कास्की । पोखराको माछापुच्छे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले गण्डकी प्रदेश क्लबस्तरीय खुला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ ।

त्यस्तैगरी प्रतियोगितामा कूल रु नौ लाख ८८ हजार ५३२ आम्दानी भइ र सञ्चालन खर्च कटाएर रु १७ हजार २१५ बचत भएको कार्यक्रम संयोजक राजेन्द्र गौतमले जानकारी दिए । प्रतियोगिताबाट बचत भएकाको १० प्रतिशत मिर्गौलापीडित हरिलाल परियारलाई सहयोग गरेको क्लबले जनाएको छ । त्यस्तैप्रतियोगिताका विजेतालाई रु एक लाख ५५ हजार ५५५, उपविजेतालाई रु ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

‘राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकूद’ भन्ने नाराका साथ गत माघ १ गतेदेखि ६ गतेसम्म त्यहा प्रतियोगिता सम्न्न भएकोे थियो । माछापुच्छै गाउँपालिका वडा नं ४ का अध्यक्ष पूर्णबहादुर शाहीले गाउँपालिकामा स्तरीय खेलमैदान बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जिल्ला सदस्य रामचन्द्र अधिकारीले दक्ष खेलाडी तयार गर्ने गरी क्रियाशील बन्न आग्रह गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ११ : ०२ बजे