१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीमा हराए ९४ वटा ढुंगेधारा र ४० पोखरी


१७ फाल्गुन २०७६, शनिबार  

0
Shares


१७ फागुन ०७६, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले गरेको अध्ययनपछि ९४ वटा ढुंगेधारा र ४० वटा पोखरीहरु हराएको बताएको छ ।
अध्ययनको क्रममा बोर्डले ४ सय ७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटेको र १ सय ९३ वटा पोखरीहरु स्थलगत रुपमा देखिएको राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिएको हो ।
बोर्डका अनुसार मध्यपुर थिमी नगरपालिका भित्र ५९ वटा ढुंगेधाराहरु रहेका छन भने १७ वटा पोखरीहरु छन जसमा ३ वटा पोखरीहरु लोप भईसकेका छन ।

सम्झौता कार्यक्रममा सहभागी मन्त्री, मगरमहालक्ष्मी नगरका मेयर महर्जनलगायत ।

महालक्ष्मी नगरपालिकाभित्र १० वटा ढुंगेधारा र १४ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएको देखिएको छ भने ६ वटा पोखरीहरु विभिन्न कारणले लोप भएका छन । बोर्डले उपत्यकाभित्रका १० वटा नगरपालिकाहरुमा रहेका ढुंगेधारा र पोखरीहरुको अध्यनपछि ५ सय ७३ ढुंगेधारा र २ सय ७३ पोखरीहरुको विस्तृत अध्ययन र नक्सांकन तयार गरेपछि यो सम्झैता गरेको हो । काठमाडौं उपत्यकाभित्रका १९३ पोखरी र ४७९ ढुंगेधारो संरक्षण र पुर्ननिर्माण गर्न भन्दै शुक्रबार सम्झौता गरिएको छ ।
कार्यक्रममा मध्यपुर थिमी, ललितपुरको महालक्ष्मी नगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच ढुंगेधारा र पोखरीहरु संरक्षणका साथै पुर्ननिर्माण गर्ने विषयमा सम्झौता गरिएको थियो ।
खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, र भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले त्रिपक्षिय सम्झैता पत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा मध्यपुर थिमी र महालक्ष्मी नगरपालिकाभित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण र पुनर्निर्माण आगामी दुई वर्ष्भित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता दुवै नगरपालिकाले गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : ०० बजे