१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सप्ताहको प्रचारमा राष्ट्रिय झण्डा


१७ फाल्गुन २०७६, शनिबार  

0
Shares

राष्ट्रिय झण्डासहित मोटरसाइकलमा सहभागी युवाहरु ।

लपु संवाददाता
१७ फागुन ०७६, गोदावरी । ललितपुर गोदावरीमा फागुन २१ ग्तेबाट शुरु हुने सप्ताह महायज्ञको प्रचारमा गोदावरीका युवाहरुले राष्ट्रिय झण्डा सहितको मोटरसाइकल ¥याली निकालेका छन् ।गोदावरी नहरस्थित राममन्दिर परिसरमा बृद्धबृद्धा स्याहार केन्द्र निर्माणका लागि आयोजित श्रीमद् भागवत महायज्ञको प्रचारका लागि शनिबार गोदावरीका युवाहरुले मोटरसाइकल ¥याली निकालेका हुन् ।
गोदावरी ३ राममन्दिरबाट निस्केको ¥याली विशंखु नारायण मन्दिर,गोदामचौर,ठैव,झरुवाराशी मन्दिर, बज्रवाराही, चापागाँउ बडिखेल, टौखेल हुँदै गोदावरी पुगेर टंगिएको थियो ।
¥यालीमा १५० वटा मोटरसाइकल ५ गाडीसमेतको लस्कर थियो । मोटरसाइकमा अगाडि र पछाडि दुई जना थिए । सप्ताह महायज्ञको आयोजनाले स्थानीय युवाहरुमा उत्साहको संचार गरेको यज्ञ मुल समारोह समितीका अध्यक्ष राज घिमिरेले बताउनु भयो ।

फागुन २१ बुधबारबाट नहरमा भागवत महायज्ञ नारीरत्न विदुषि अनुराधा शाश्त्रीबाट संगीतमय प्रवचन शुरु हुँदैछ । १०८ श्रीमत् भागवत महायज्ञ संकल्पकर्ता मुमुक्षु उद्धव शर्माको व्यवस्थापन रहनेछ ।
जीवनको उत्तराद्र्धमा पुगेका बृद्ध बृद्धाहरुका दैनिक जीवन सहज बनाउन यस केन्द्र निर्माण गर्न लागिएको अध्यक्ष राज घिमिरेले ललितपुर खबरलाई बताउनु भयो । उहाँका अनुसार बृद्धबृद्धा केन्द्रमा दैनिक भजन र्किर्तन, प्रवचन, दिवाखाजा लगायत कार्यक्रम हुनेछन् । यस केन्द्र स्थापनापश्चयात् विभिन्न संघ संस्थाहरुको सहयोगमा बृद्ध सम्मान, निःशुल्क स्वास्थ्य जाँच,मिष्ठान्न भोजन गराउने लक्ष्य रहेको घिमिरेले बताए ।
बृद्ध बृद्धाको हातबाट निमन्त्रणा
महायज्ञको उद्घाटन समारोहको निमन्त्रण बृद्ध बृद्धाको हातबाट प्रदान गरिएको छ । शुक्रबार जेष्ठ नागरिक तथा महिला समूहका सदस्यहरुको उपस्थितीमा गोदावरी नगरका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीलाई निमन्त्रण पत्र दिईएको छ ।
गोदावरी १ गोदामचौरका बडाध्यक्ष हरि कार्की, २ वडाका वडाध्यक्ष देवेन्द्र बस्नेत, वडा ३ का वडाध्यक्ष वालमुकुन्द घिमिरे ४ का वडाध्यक्ष मुकुन्द पहरी र वडा का वडाध्यक्ष ५, मिलन सिलवाललगायत पनि निमन्त्रण पत्र दिईएको घिमिरेले बताउनु भयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ११ : २१ बजे