२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिका कामदार भिसामा जानका लागि भोलिदेखि अनलाइन दर्ता खुल्ने


१७ फाल्गुन २०७६, शनिबार  

0
Shares

१७ फाल्गुन ०७६, काठमाडौं । अमेरिकाले कामदार भिसा खुलाएको छ । एचवान बी नामक भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता सुरु हुने भएको छ ।

त्यस्तैगरी अनलाइनमार्फत दर्ता अवधि भोलि आइतवार अर्थात् मार्च १ को दिउँसो १२ बजेदेखि सुरु हुने युएससीआईएसले घोषणा गरेको छ । नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले बताएको छ ।

आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्ने भएका छन् ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । त्यस नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । त्यस्तै उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १ : २० बजे