१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टोखाका खुवाउने खाजामा पनि ‘मेयर’


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares


१० फागुन ०७६, टोखा । काठमाडौँको उत्तरी भेगमा रहेको टोखा नगरपालिकाका स्कूलमा खुवाउने खाजा कार्यक्रममा मेयरको पद जोडेर ‘मेयर दिवा खाजा कार्यक्रम’ नाम राखिएको छ ।
टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरेको हो । बौडेश्वर माध्यमिक विद्यालय झोरबाट शुरु भएको उक्त कार्यक्रम टोखाका आठवटै सामुदायिक विद्यालयमा शुरु गरिएको छ ।
टोखाभित्र झोर महाँकाल माध्यमिक विद्यालय (मावि), बौडेश्वर मावि, चण्डेश्वरी मावि, धापासी मावि, तिलिङ्गाटार मावि, सरस्वती मावि, जालपा मावि र मनोहर मावि रहेका छन् । उक्त सामुदायिक विद्यालयमा चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन् ।
शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताउनुभयो । “पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको छ, त्यसलाई बढाउनका लागि हामीले उक्त कार्यक्रम सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो ।
टोखा नगरपालिका शिक्षा शाखाका प्रमुख, उपसचिव बाबुराम गौतम ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा रु ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । “दैनिक एक विद्यार्थी बराबर रु २५ को खाजा वितरण गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । दिवा खाजाका लागि नगरपालिकाले छुटाएको बजेट अपुग भएपछि थप्दै लैजाने गौतमको भनाइ छ ।
टोखा नगरपालिकामा हाल आठ सामुदायिक विद्यालय, ८१ निजी विद्यालय, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : २८ बजे