४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गणपूरक सङ्ख्या नपुग्दा सदन स्थगित


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

१९ फाल्गुन ०७६,काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको छ । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उहाँले सदन स्थगन गर्नुभएको हो ।

प्रतिनिधिसभा बैठकमा पार्वती डिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : ५२ बजे