८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


दुई दिवसीय क्रिकेटको उपाधि ग्रेट हिमालयलाई


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

१९ फाल्गुन ०७६,काठमाडौं । दुई दिवसीय हिमालय क्रिकेट लिग यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा काठमाडौँ क्रिकेट टेनिङ सेन्टर ९केसीटिसी० लाई एक विकेटले पराजित गर्दै ग्रेट हिमालयले उपाधि जितेको हो ।

ग्रेट हिमालयले उपाधिसहित रु एक लाख ५० हजार प्राप्त ग¥यो । त्यसैगरी उपविजेतामा चित्त बुझाएको केसीटिसीले रु ७५ हजार प्राप्त ग¥यो । केसीटिसीले जितका लािग दिएको ११५ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले ५७ ओभरमा नौ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । ग्रेट हिमालयका प्रशान्त सिंहले ३० बलमा दुई चौकासहित १६ रनको अविजित पाली खेलेका थिए ।

त्यस्तैगरी आयुष बस्नेतले २४, अभिषेक बस्नेतले १९, सङ्गीत बुढाथोकीले १६ तथा राशिद खानले १८ रनको योगदान दिए । बलिङतर्फ केसीटिसीका तिलक भण्डारीले छ विकेट लिँदा सूर्य तामाङले दुई तथा विविन आचार्यले एक विकेट झारे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको केसीटीसीले २४ ओभर तीन बलमा ८० रनमा समेटिएको थियो । उसका लागि विवेक राना मगरले १८ रन जोडे भने सचिन लखाहले १४, निर्भीक पाठकले १३ तथा सुर्य तामाङले ११ रन जोडेका थिए । ग्रेट हिमालयका अरियो पौडेलले तीन विकेट लिँदा मोहम्मद हुसेन, विवेक यादव र सोनु देवकोटाले समान दुई÷दुई विकेट लिएका थिए । त्यस्तै राशिद खानले एक विकेट हात पारेका थिए ।

उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि केसिटिसीका सूर्य तामाङ घोषित भए । उनले रु २५ हजार प्राप्त गरे । त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान ग्रेट हिमालयका आसिफ शेख र उत्कृष्ट बलर केसिटिसीका तिलक भण्डारी घोषित भए । दुवै खेलाडीले जनही रु दश हजार प्राप्त गरे । त्यस्तै इमर्जिङ खेलाडी घोषित भएका ग्रेट हिमालयका आरियो पौडेलले ट्रफी र क्रिकेट सामग्री प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ४२ बजे