४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अर्थमन्त्रीमा डा. खतिवडा पुनःनियुक्त


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

२१ फाल्गुन ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

त्यस्तैगरी राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उहाँले अर्थमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।

राष्ट्रपति भण्डारीले उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत तोक्नुभएको छ । नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : १९ बजे