१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलिको स्वास्थ्य लाभको कामनासहित दीप प्रज्वलन


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

दिप प्रज्वलनपछि सहभागीहरु । तस्विर ः ललितपुर खबर

२१ फागुन ०७६,काठमाडौं महाराजञ्ज । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ । आज साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा दिप प्रज्वलन गरिएको हो ।
विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन(अनेरास्ववियु)ले दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलनमा ललितपुरका सासंद नवराज सिलवाल र धादिङ्गका सासंद भूमि त्रिपाठी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतको सहभागिता थियो ।
दिप प्रज्वलनका क्रममा शिक्षण अस्पतालको आँगनमा रातो अविर र सेतो रंगले गेट वेल सुन राइट अनरेवल पिएम लेखिएको अक्षरसँगै लस्करै मैनबत्ती बालिएको थियो ।
दिप प्रज्वलनमा सयौंको संख्यामा शुभेच्छुक र प्रधानमन्त्री ओलिका आफन्त र आगन्तुक सहभागी भएका थिए ।
चितवनमा पनि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज भरतपुरमा दीप प्रज्ज्वलन गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा जिल्लाका नेता कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो । दीप प्रज्ज्वलन गर्दै नेकपा वाग्मती प्रदेश कमिटी सहइन्चार्ज काशिनाथ अधिकारीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको बताउँदै अब उहाँको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो ।
राष्ट्र निर्माण अभियानका नायक ओलीले अघि बढाउनुभएको समृद्धिको यात्राले सार्थकता पाउने अधिकारीले बताउनुभयो । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफल मिर्गौला प्रत्यारोपण भएको छ । फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईको संयोजनमा भएको कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, प्रदेशसभा सदस्य विजय सुवेदी, नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेलगायत उपस्थिति थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : २९ बजे