१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा सप्ताह महायज्ञको शुभारम्भ


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

महायज्ञको उद्घाटन गर्नु हुँदै प्रदेश सासद राजकाजी महर्जन र लालकुमारी पुन । तस्विरहरु ललितपुर खबर

लपु सवाददाता
२१ फागुन ०७६, गोदावरी । ललितपुर गोदावरी नहरस्थित राम मन्दिरपरिसरमा श्रमिद् भागवत पुराण महायज्ञको एक भव्य समारोहका बीच शुभारम्भ गरिएको छ । ललितपुरका प्रदेश सासंद राजकाजी महर्जन र ललकुमारी पुनले बुधबार दिप प्रज्वलन गरेर महायज्ञको विधिवत उद्घाटन गर्नुभयो ।

महायज्ञमा सहभागी हुदै भक्तजन ।

कार्यक्रममा सासंदहरु मैना अक्षमी, देवि श्रेष्ठ नायिका करिश्मा मानन्धर, प्रदेश सासद नवराज ढुगाना,गोदावरी खोला सरसफार्ई अभियानका अभियन्ता बेबी राजभण्डारी, निर्माण व्यावसायी सघका केन्द्रिय सदस्य दिलिप दाहाल, समाजसेवी सुदन दाहाल,राम बरालको पनि सहभागिता थियो ।
कलश यात्राको क्रममा गोदावरी कुको पानी लिएर गोदावरी नगर परिक्रमा गर्दै यज्ञस्थल ल्याइएको थियो । जेष्ठ नागरिका सेवा केन्द्रको भवन निर्माणको सहयोगार्थ  कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सासद लालकुमारी पुनले जीवनको उत्तरार्धमा जो कोही पुग्ने र यो समयमा जो कोहीका लागि पनि सहारा आवश्यक पर्ने हुँदा यस्ता सरचना निर्माणका लागि सबैले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, भवन बनाउनका लािग प्रदेश सासदबाट बजेट विनियोजन हुनेछ । तपाईहरु ढुक्क हुनुहोस ।

कलश यात्रामा सहभागीहरु ।

ललितपुरकै प्रदेश सासद राजकाजी महर्जनले धार्मिक कार्यक्रमको माध्यमबाट सामाजिक काम गर्न लागेको भन्दै सप्ताह मुल समारोह समितीका अध्यक्ष राज घिमिरेलगायतको प्रशसा गर्दै भन्नु भयो यो काम पूरा गर्न प्रदेश सरकारबाट सहयोग रहनेछ ।
समितीका अध्यक्ष राज घिमिरेले समाजका केही गरौ भन्ने भावनाका साथ पवित्र उद्देश्य लिएर सप्ताह महायज्ञको आयोजना गरेका भन्दै सबैलाई सकेको सहयोग गर्न आश्वान गर्नु भयो ।

कलश यात्रामा सहभागी सासद लालकुमारी पुनलगायत ।

नयिका करिश्मा मानन्धरले गोदावरीको विकाश निर्माणका लागि यस्ता धार्मिक अनुष्ठानको माध्यमबाट आध्ध्यामिक प्रचारका साथै विकाश र निर्माणमा फड्को मार्ने विचार व्यक्त गर्दै आफ्नो पनि सहयोग रहने बचन दिनुभयो ।
महायमा समाजसेवि दाजु सुदन सिह सिल्वाल, अधिबक्ता बिजय सिल्वाल, पृय रामेश्वर सिल्वाल ज्युहरुले संयुक्त रुपमा राम मन्दिरमा जेष्ठ नागरिक दिवा सेवा बनाउन ५१ हजार दान गर्नु भएको छ । साथै हेटौडाकी मगली पहेलीले पनि रु हजार रुपैयाँ दिनु भएको अध्यक्ष राज घिमिरेले बताउनु भयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ८ : १३ बजे