८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कोरोना भाइरसको असर क्रिकेटमा, इपिएल स्थगित


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

३३ फागुन ०७६, काठमाडौं । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ ।
चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल क्रिकेट सङ्घ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो । “कोरोनाको त्रासले अहिले इपिएल स्थगित गरेका छौँ । स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौँ”, उहाँले भन्नुभयो ।
यसअघि इपिएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो । प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता हुनेछ । ललितपुर, काठमाडौँ किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ५ : १४ बजे