१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विद्युत् अवरुद्ध हुँदै


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares


२२ फागुन ०७६, ललितपुर । वितरण लाइन सुधारका लागि नेपाल विद्युत् प्राधिकरणले विहीबारदेखि आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी क्षमताको लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो ।
प्राधिकरणले आजदेखि हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म लाइन काटिने हुँदा उक्त फिडरअन्तर्गत फर्सिडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत क्षेत्रमा विद्युत् काटिनेछन् । सो फिडरबाट वितरित लाइनमा बढी समस्या आएपछि प्राधिकरणले सुधारको काम अगाडि बढाएको हो । विद्युत् कटौतीका कारण ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । प्राधिकरणले पछिल्ला दिनमा राजधानीमा वितरण प्रणालीको सुधारलाई तीव्र पारेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ५ : २८ बजे