१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीको बडिखेलमा नमुना पुस्तकालय बन्ने


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

२३ फाल्गुन०७६, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका(४ बडिखेलमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ। गोदावरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष र रिड नेपालका अध्यक्षले यससम्बन्धी सम्झौतापत्रमा फागुन २२ मा हस्ताक्षर गरेका थिए।
शान्ति भोलन्टियर एशोशियसन नेपालको मुख्य आर्थिक सहयोगमा बन्न लागेको सामुदायिक पुस्तकालयमा स्थानीय तह र स्थानीय वासिन्दाबाट समेत आर्थिक सहयोग संकलन गरिनेछ ।

पुस्तकालय भवन गोदावरी नगरपालिकाको गौरव हुने भएको छ । यसले बडिखेलका युवा तथा समुदायको भाग्य होु पुस्तकालयबारे बोल्दै नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भने, ुपुस्तकालय निर्माणका लागि चाहिने जग्गा नगरपालिकाले उपलब्ध गराइसकेको छ र भवन बनाउन तथा पुस्तकालय संचालनका लागि चाहिने आर्थिक स्रोत संकलन गर्न नगरपालिका तयार छ।ु भूकम्पले ध्वस्त पारेको ललितपुरको बडिखेलमा सामुदायिक पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

भवनको अभावमा पुस्तकालयले आफ्ना कार्यक्रमहरु सञ्‍चालन गर्न अप्ठ्यारो भएकाले रिड नेपालको समन्वय र प्राविधिक सहयोगमा २ करोड रुपैयाँको लागतमा पुस्तकालय भवन बन्न लागेको हो। काम सुरु भएको १० महिनामा सम्पन्न हुने पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बालकक्ष, महिला कक्ष, सूचनासञ्चार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष र सभाहल हुनेछन्।

शान्ति भोलन्टियर एशोशियसनको सहयोगमा बन्न लागेका ४ वटा सामुदायिक पुस्तकालयमध्ये यो पहिलो पुस्तकालय हो। ुरिड नेपालले बितेका २८ वर्षमा ४२ वटा जिल्लाका ६८ स्थानमा पुस्तकालय बनाइएको छ । सबैको सशक्त प्रयासले भवन निर्माण सम्पन्न गरी समयमा नै नयाँ भवनबाट पुस्तकालय सञ्चालन गर्न हामी सफल हुनेछौुं रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठले भने। स्थानीय समुदाय, नगरपालिकाका प्रमुख र वडा नम्बर ४ का अध्यक्ष उपस्थितिमा भएको कार्यक्रममा शान्ति भोलन्टियर एशोशियसन नेपालका राष्ट्रिय निर्देशक ताकाले रिड नेपालको पुस्तकालयमार्फत स्थानीय समुदायमा काम गर्ने मोडल निकै प्रभावकारी भएको बताउनुभयो।

त्यस्तैगरी सटर भाडाले न्यूनतम खर्च ग्रामीण शिक्षा तथा विकास, रिड नेपालको सहयोगमा बनेका सबै पुस्तकालयमा न्यूनतम खर्च धान्नका लागि केही न केही आम्दानीको स्रोत पहिचान गरिएको हुन्छ। बडिखेलमा पनि पुस्तकालय भवनको अगाडिपट्टी ५ वटा सटर बनाउने र त्यसबाट आएको आम्दानीले पुस्तकालयको न्यूनतम खर्च चलाउने व्यवस्था गरिनेछ भने नयाँ भवन निर्माण भएपछि बडिखेल सामुदायिक पुस्तकालयले समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा ठूलो सहयोग पुर्‍याउनेछ।ु सामुदायिक पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीले विश्वत रहेको बिचार राखेका राख्नुभयो।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ३ : १३ बजे