१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर पुल्चोकमा बनाइयो ‘पकेट पार्क’


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

पार्क निरिक्षण गर्दै महानगरका मेयर महर्जलगायत । तस्विर ः डव्लुडव्लुएफ

२३ फागुन ०७६, पुल्चोक ललितपुर । वृक्ष फाउन्डेसन , संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी),डब्लुडब्लुएफ को सहयोगमा ललितपुर महानगरपालिका पुल्चोकमा ‘पकेट पार्क ’ निर्माण गरिएको छ ।
पार्कमा बस्नका लागि सिमेन्ट र ढुंगाले तयार पारिएको बस्ने बेन्चहरु राखिएको छ । हरियालीका लागि विरुवा रोपिएको छ । पार्क बन्नु अघि त्यस ठाउँमा अनावश्यक सामानहरु थुपारिएको र फोहोर थियो
यस पार्कको क्षेत्रफल आठ सय ५० स्क्वायर फिट रहेको छ । यो पार्क अपागंतामैत्री समेत रहेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खेर गइरहेको ठाउँको सदुपयोग भएको बताउँदै भने, ‘ व्यस्त र मध्य सहरमा बनेको यो पार्कले सहरलाई सुन्दर बनाउँछ ।’ वटुवालाई यो पार्क आराम गर्ने चौतारी बन्न सक्ने उहाँको भनाई थियोे । महानगरपालिकाले सहरका विभिन्न आठ ठाउँमा पार्क बनाउने योजना बनाएको छ । पार्क निर्माणको उद्देश्य खाली जमिनको संरक्षण सहित हरियाली प्रबद्र्धन गर्नु पर्ने प्रमुख महर्जनले बताउनु भयो । यस्ता पार्कले सहरलाई जीवन्त राख्न सहयोग गर्ने प्रमुख महर्जनको भनाई थियो । विकसित मुलुकहरु, जहाँको वातावरण प्रदुषित छैन, त्यहाँ छोटो छोटो दुरीमा पार्क निर्माण गरिएको उहाँले बताउनु भया
। युएनडिपीका विसम ज्ञवालीले सानो ठाउँमा बनेको पार्क भएकाले यसलाई पकेट पार्क भनिएको बताए । यस्ता पार्कले वातावरण संरक्षणका लागि सहयोग गर्ने उहाँको भनाई थियो ।
वृक्ष फाउन्डेसनका मिलन राईले ललितपुर महानगरपालिकालाई सुन्दर बनाउन यस्ता पार्क धेरै ठाउँमा निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँका अनुसार पार्कमा ह्वीलचियर प्रयोग गर्न सकिन्छ । खेर गइरहेको ठाउँको प्रयोग गरेर पार्क निर्माणमा महानगरलाई सहयोग गरेको उहाँको भनाई थियो ।

तस्विर ः डव्लु डव्लुएफ

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १० : ३९ बजे