१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा कोरोना जाँचेर कार्यक्रम


२४ फाल्गुन २०७६, शनिबार  

0
Shares

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको स्वास्थ्य जाँच गर्दै स्वास्थ्यकर्मी । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२४ फागुन ०७६, ललितपुर । गतविहीबार जिल्ला प्रशासन कार्यालय ललितपुरले ठूला जमघट हुने कार्यक्रम नगर्न अनुरोध सहितको विज्ञप्ती निकेलेपछि शनिबार प्रेस संगठन ललितपुरले कोरोना भाइरस जाँचको क्याम्प राखेर कार्यक्रमको आयोजना गरेको छ । संगठनको उपत्यका उपत्यका प्रदेश कमिटी भेलामा ३ सय हाराहारी सहभागी थिए ।

मास्क लगाएर कार्यक्रममा सहभागी हुदै आगन्तुकहरु ।

कार्यक्रममा सहभागी हुने पत्रकारसहित अथितीहरुको ज्वरो परिक्षण गरेर मात्रै कार्यक्रम स्थल प्रवेश गराइएको थियो । अल्का अस्पतालको डाक्टर सहितको टोलीले स्वास्थ्य परिक्षण गरिएको संगठनका ललितपुर अध्यक्ष इश्वरराज ढाकालले बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुलाई मास्क समेत वितरण गरिएको थियो । हेल्थ क्याम्पमा सुगर प्रेसरको समेत जाँच गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ५५ बजे