४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बढी भाडा लिने २० गाडी कारवाहीमा


९ चैत्र २०७६, आइतबार  

0
Shares

फाइल  तस्विर ः ललितपुर खबर

९ चैत्र ०७६, काठमाडौ । मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आज कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरुलाई कारवाही गरिएको बताउनुभयो । तीनदिनमा ४६ जनालाई यसरी कारवाही गरिसकिएको छ ।
यसअघि शनिबार १७ जनालाई र शुक्रबार नौ जनालाई कारवाही गरिएको थियो । ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो । उनीहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल र गौशालाबाट पक्राउ गरिएको हो ।
उनीहरुले एउटै टिकट दुई जनालाई बेच्ने गरेकोसमेत पाइएकोे छ । कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिने र यात्रु बस्ने लाममा बसी टिकट मागेर श्रव्यदृष्य रेकर्ड गरी कानूनको दायरामा ल्याउने गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ४८ बजे