४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेरि भेटिए कोरोना संक्रमित


१२ चैत्र २०७६, बुधबार  

0
Shares


१२ चैत्र ०७६, काठमाडौ । कोभिड–१९ को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा आज कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उहाँले ती व्यक्तिका बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको बताउनुभयो । यससँगै नेपालमा तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई पोजिटिभ देखिएको थियो भने एक जना पोजिटिभका बिरामी उपचारपछि घर फर्किसकेका छन् । अहिलेसम्म मन्त्रालयको तथ्याङ्कानुसार ६८७ जनाको कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ देखिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : ११ बजे