३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


वेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण


१३ चैत्र २०७६, बिहिबार  

0
Shares

१९ डिसेम्बरमा ससदको सम्बोधनका क्रममा खिचिएको बेलायती राजकुमार चाल्स र साथमा वेलायती महारानी एलिजावेथ दोश्रो । तस्विर ः एएफपि रासस

१३ चैत्र ०७६, लण्डन एएफपि/रासस । बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ ।
उहाँको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भइसकेको पुष्टि भएको हो ।
उहाँकी ७२ वर्षीय पत्नी डचिस अफ कोर्न्वल, कमिललाई भने सङ्क्रमण नदेखिएको अधिकारीहरूले बताएका छन् । सङ्क्रमण पुष्टि भएसगैँ राजकुमार चार्ल्स स्कटलेण्डस्थित राजदरबारमै ‘आइसोलेसन’मा बस्नुभएको छ ।
राजकूमार चार्ल्सलाई भनेको छ, “उहाँलाई सामान्य लक्षणहरू देखिएपनि स्वास्थ्य अवस्था भने राम्रो नै रहेको छ, उहाँले एक्लै बसेर अरुबेला जस्तै आफ्ना कामहरु नियमित गर्दै आउनुभएको छ ।
चिकित्सकहरूले पनि ७१ बर्षीय राजकुमार चाल्र्सको बारेमा धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ‘ब्यालमर क्यासल’ (दरबार) मा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।
केही हप्तायता उहाँ धेरै सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएकोले ‘कसबाट राजकुमारमा भाइरस स¥यो त्यो पत्ता लगाउन सम्भव’ नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ६ : २८ बजे