२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीको सुनसान सडकमा नगरपालिकाको हात धुने व्यवस्था


१३ चैत्र २०७६, बिहिबार  

0
Shares

घरनजिकको राखिएको हात धुने स्थलमा एक महिला हात धुर्दै । तस्विर ः ललितपुर खबर

ललितपुर खबर
१३ चैत्र ०७६, चापागाँउ । सरकारले लक डाउन गरेपछि आजकल गोदावरी नगर १० चापागाँउ सडक सुनसान छ । गोदावरी नगरले मुस्किलले मान्छे हिड्ने सडकमा हात धुन हरेक वडामा सावुन पानीको व्यवस्था गरेको छ ।
तर हात धुने आगन्तुकको ज्यादा कमी रहेको स्थानीयबासीको बताउछन । कोरोना संक्रमणको संन्त्रास बढेपछि नगरका १४ वटै वडाका हरेक चोकमा ३ वटाका दरले हात धुने व्यवस्था गरिएको गोदावरी १० का वडाध्यक्ष दर्शनकुमार विष्टले जानकारी दिनुभयो । विष्टले भन्नुभयो, ‘नगरभरि ४५ ठाँउमा हात धुने व्यवस्था छ ।’उहाँका अनुसार हरेक हात धुने व्यवस्था रहेको ठाँउमा सचेतनाका लागि व्यानर समेत टाँगिएको छ ।
विष्ट सरकारले लक डाउन गरेपछि हात धुने आगन्तुकको कमी भएको स्वीकार्नु हुन्छ । उहाँले भन्नुभयो,‘पहिलो दिन ज्यादा हात धुने थिए । पछि घट्दै गइरहेको छ ।’
विपत् व्यवस्थान कोषबाट खर्च गर्ने गरी कोरोना भाइरस रोकथामको प्रयोजनका लागि ३० लाख बजेट चलाएको वडाध्यक्ष तथा प्रवक्ता मिलन सिलवालले ललितपुर खबरलाई बताउनु भयो । उहाँले भन्नुभयो, आपतकालीन अवस्थाका लागि ५१ लाख बजेट विपत व्यवस्थापन कोषमा राखेका छौ ।
कोरोना रोकथामका लागि परिचालित जनप्रतिनिधि र स्वास्थकर्मीहरुलाई स्वाथ्य मास्क स्यानिाइजरलगायत हेल्थ इक्यिुपमेन्ट उपलव्ध गराउने निर्णय गरिएको सिलवालको भनाई छ । यही बजेटबाट बज्रवाराही चापागाँउ अस्पतालमा १० शैयाको आइसुलेसन वार्ड समेत निर्माण भइरहेको सिलवालले जानकारी दिनुभयो ।
आपतकालीन अवस्थाका लागि नगरपालिकाले ५१ लाखमा विपत् व्यवस्थापन कोषमा राखेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।