१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठेचोस्थित बेपत्ता पार्कमा वृक्षारोपन


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

गोदावरी १२ ठेचोस्थित वेपत्ता विxश्राम स्थल पार्कमा वृक्षारोपण र सर       १सफाइ गर्दै स्थानीय युवाहरु

जेठ ०७७, ठेचो ललितपुर । केही दिनअघिसम्म डम्पिङ साइट थियो । त्यहा“ पुग्ने जोकोहीलाई पनि सशस्त्र द्धन्द्धकालमा राज्यद्धारा वेपत्ता पारिएकाहरुको सम्झानमा बनाइएको पार्क भन्न पनि लाज हुन्थ्यो । अहिले ललितपुर ठेचोका युवाहरु मिलेर सरसफाइ थालेका छन् ।
ठेचोका रत्न माली हस्तकला कर्मी हुन् । लकडाउनले मूर्तिको माग ठप्प भएपछि केही दिन घरमै बसेर दिन बिताए उनले । ५ जनालाई रोजगार दिएका उनको दैनिक अहिले फेरिएको छ । रत्न अहिले लथालिंग अवस्थामा रहेको ठेचोस्थित बेपत्ता विश्रामस्थल पार्क सरसफाइ र वृक्षारोपनमा जुटेका छन् ।
सशस्त्र द्धन्द्धकालमा राज्यद्धारा वेपत्ता पारिएका ठेचो तःननी टोलका तीन जनाको सम्झानामा पार्क बनाइएको थियो । सुरक्षा फौजले २०६१ मा बाबुराजा माली, २०६२ मा नन्दगोपाल माली र २०५९ मा राजेन्द्र मालीलाई बेपत्ता पारेका थिए ।
पार्क सरसफाइ गर्न रत्नलाई साथ दिइरहेका छन्, ठेचोका बाबुराजा माली, दिनेश, सफल, अमृत, भाइगोपाल मालीलगायत २५ जना युवा छन् । ठेचोका दशलाल र तुल्सी माली घरमै मैनबाट मूर्ति बनाउने गर्छन् । लकडाउनको बेला पनि फुर्सद छैन दुवै जनालाई । तैपनि उनीहरु पनि ५ दिनयता दैनिक पार्क सरसफामा जुटेका छन् ।

नवदुर्गा टोल सुधार समिति ठेचोको नेतृत्वमा थालेको सरसफाइमा गोदावरी नगरपालिका–१२ वडाले खाजा र विरुवाको व्यवस्था गरेका हुन् । उनीहरु मिलेर लः स्वा“ (लौठ सल्ला), तेजपात, लप्सी जस्ता विभिन्न प्रजातिका ३ सय वटा विरुवा रोपेका छन् । नवदुर्गा टोल सुधार समितिका अध्यक्ष समेत रहेका रत्न भन्छन्, ‘राजनितिक दलका नेताहरुले पार्क संरक्षण प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएपनि पछि बेवास्ता गरे । अहिले संरक्षण गर्न १२ वटा टोली बनाएका छौं । २५ जना युवा तालिका बनाई पालैपालो खटिने योजनामा छौं ।’
उनले बिहान विरुवामा पानी हाल्ने पनि पालैपालो खट्ने व्यवस्था मिलाएको बताए । गोदावरी नगरपालिका– १२ का वडाध्यक्ष जगतबहादुर महर्जनले थप विरुवा रोप्ने योजना रहेको बताए । ‘पार्क ३ सय भन्दा बढी रोपनीमा फैलिएको छ,’ उनले भने, ‘क्रमशः सुधार गर्दै लैजाने योजना छ ।’


ठेचोका युवा राज्यद्धारा बेपत्ता पारिएका गाउ“लेको सम्झानामा बनाइएको पार्क सबै मिलेर संरक्षण गर्नुपर्ने वडाध्यक्ष महर्जनले बताए । सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १३ वर्ष भइसकेको छ । तर, द्धन्द्धका बेपत्ताहरुको अवस्था अहिलेसम्म थाहा छैन । सरकारले बेपत्ता पारिवारलाई दिनुपर्ने सुविधा अझै दिन सकेको छैन । बेपत्ता पारिएका अधिकाश पुरुष छन् । पुरुष बेपत्ता पारिदा महिला र बालबालिका बढी प्रभावित बनेका छन् । बेपत्ता परिवारलाई भनेर लाखौं रुपैया खर्चेर गरिएका कार्यक्रमले पनि तिनीहरुलाई छुन नसकेको स्थानीय युवाहरुको भनाई छ । अहिले बेपत्ता पारिएकाहरुको काजकिरिया गर्ने वा नगर्ने भन्ने दोधारमा परिवार छन् ।

। तस्बिर ः ललितपुर खबर

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ८ : ३६ बजे