१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पत्रकारका लागि राहत घोषणा गर्न फोनिजको माग


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

२ जेठ ०७७, काठमाडौं । नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सबै प्रकारका संचार गृह र संचारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको सबै तहसंग माग गरेको छ ।
बिहिबार सम्पन्न फोनिज संघीय समितिको भर्चुअल बैठकपछि जारी प्रेस विज्ञप्ती मार्फत संचारगृह र संचारकर्मीका लागि राहत घोणषा गर्न माग गरिएको हो । फोनिजका संगठन सचिव मिलन लिम्बूद्धारा जारी प्रेस विज्ञप्तीमा सबै प्रकारका सञ्चार गृह र संचारकर्मीका लागि विशेष प्याकेज ल्याउन सबै तहका सरकारलाई आग्रह गरिएको छ । त्यस्तै, कठिन अवस्थामा समाचार संकलन गर्ने पत्रकारका लागि आवश्यक सामाग्री उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहलाई विज्ञपती मार्फत अग्रह गरिएको छ ।
संकटको वाहानामा कुनै पनि पत्रकारलाई निस्कासन र तलब कटौती गर्नु गलत रहेको भन्दै फोनिजले त्यस्तो काम नगर्न संचार गृहलाई आग्र गरेको छ । साथै, सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्वाध समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गरेको फोनिजले संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारहरूलाई आग्रह समेत गरिउको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ८ : ५७ बजे