१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भर्चअल कन्फ्र्रेन्सपछि पत्रकारलाई सहयोग गर्ने निर्णय


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


१ जेठ ०७७, हेटौडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको भच्र्युअल कन्फ्र्रेन्स (प्रबिधिमैत्री मिटिङ) बसेको छ ।
बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले लकडाउन गरेयता सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको अवस्थाबारे छलफल भएको थियो । बैठकले प्रदेशभित्रका जिल्लाहरुमा सञ्चारमाध्यमलाई परेको समस्या समाधानको सहजिकरण गर्ने र सञ्चारकर्मीहरुको दैनिकीमा लकडाउनका कारण परेको प्रभावबारे बुझेर समस्यामा परेका सञ्चारकर्मीहरुलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । त्यसको लागि जिल्लास्थित महासंघ शाखाहरुमार्फत समन्वय गरिनुका साथै लकडाउन अवधिमा कुनै समस्या परेमा महासंघमा खवर गर्न पनि सञ्चारकर्मीहरुलाई अनुरोध गरिएको छ ।
साथै समाचार संकलन तथा सम्प्रेषण गर्न अस्पताल तथा स्वास्थ्य केन्द्र, क्वारेन्टाइन क्षेत्र, विमानस्थल र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर समाचार संकलन गरिरहेकाले पूर्वसतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई आब्हान गरेको छ । साथै कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न बैठकले सबै सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ९ : १५ बजे