१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आज सरकारको नीति तथा कार्यक्रम आउने


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

२ जेठ ०७७, काठमाडौं । आज व्यवस्थापिका संसदमार्फत सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।
संसद सचिवालयका अनुसार साँझ ४ बजे राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । कार्यक्रमका लागि सबै सहभागीहरुको स्वास्थ्य जाँच र दुरी कायम गरेर बैठक बसाल्न लागिएको हो ।
अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने्छिन् । कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य संगठनले निर्दे्शित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको छ ।
जेठ १५ भित्र नयाँ आर्थिक बर्षको बजेट संसदमा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो । कोरोना संक्रमणका कारण लक डाउनको बीच ल्याउन लागिएको नयाँ आर्थिक बर्षको बजेटमा स्वाथ्य,रोजगारीलाई प्राथमिकताका साथ ल्याउन लागेको बताइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ९ : ५९ बजे