१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


संसद् भवनमा सामाजिक दूरीसहितको रौनक


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


२ जेठ ०७७, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने स्थल नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन आउँदा राष्ट्रपतिको आगमनमा प्रयोग गरिँदै आएको बग्गी (रिसल्ला) को रौनक यस पटक देखिएन ।

राष्ट्रपति भण्डारीबाट नीति तथा कार्यक्रम प्रस्तुतका
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै । तस्वीरः रत्न ७नतसेष्ठ/ रासस

कोभिड–१९ को जोखिमलाई न्यून गर्न सामाजिक दूरी कायम गरी कार्यक्रमलाई चुस्त तुल्याउने सन्दर्भमा यस पटक कार्यक्रममा आमन्त्रित व्यक्तिको सङ्ख्या पनि उल्लेखनीयरुपमा कटौती गरिएको थियो । सामाजिक दूरी कायम गर्ने सन्दर्भमा केही सांसदलाई सभाहलको बाल्कोनीअर्थात अघिपछि विशिष्ट पाहुना, पत्रकार, दर्शकका लागि प्रयोग हँुदै आएको स्थानमा व्यवस्थापन गरिएको थियो । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट दुवै सदन अर्थात ९प्रतिनिधिसभा र राष्ट्रियसभा०को संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा छ ।

काठमाडौँ २ जेठ ः राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सरकारको नीति तथा कार्यक्रम समारोहमा सेनाबाट सलामी । तस्वीर ः रोशन सापकोटा/रासस

बाल्कोनीमा उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति र नेपाल सरकारका सचिवका लागि बस्ने कुर्सीको व्यवस्था मिलाइएको थियो । नेपालको राष्ट्रिय झण्डा र ध्वजापतकाले कार्यक्रमस्थललाई सिङ्गारिएर झकिझकाउ तुल्याइएको थियो । मुख्य कार्यक्रम सञ्चालन हुँदा सञ्चालनमा ल्याइने फोहरा नजिक तस्वीर खिच्न त्यहा पुगेका फोटो पत्रकार व्यस्त देखिन्थे । उक्त भवनको ल्होत्से हलमा सञ्चारकर्मी र सुरक्षाकर्मीले राष्ट्रपतिको सम्बोधन सुन्न र हेर्न सकिने व्यवस्था मिलाइएको थियो ।

कोभिड– १९ कै कारण यस पटक नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिलाई कार्यक्रममा बोलाइएन । राष्ट्रपतिबाट सम्वोधन भइरहदाँ कतिपय सांसदले टेबुलबाट समर्थन जनाउनुभएको देखिन्थ्यो । अघिल्ला वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिनको तुलनामा निकै थोरै व्यक्ति संसद् भवनमा पुगेका थिए । सभाहल प्रवेशका लागि पिसिआर परीक्षण नतिजालाई अनिवार्य गरिएको थियो । सदनमा प्रवेश गर्नुअघि साबुनपानीले मिचिमिची हातधुने, स्यानेटाइजरको प्रयोग गर्ने र तापक्रम लिने कार्यमा सांसद पङ्क्तिबद्ध देखिनुहुन्थ्यो ।

सङ्घीय संसद्को बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ । नेपाल टेलिभिजनलगायतका टेलिभिजन च्यानल र अन्य विद्युतीय सञ्चारमाध्यमले राष्ट्रपतिको सम्बोधनको प्रत्यक्ष प्रसारण गरेका थिए । कोभिड– १९ को प्रभाव विश्वव्यापी भइरहेको बेलामा संवैधानिक बाध्यताकाकारण संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ६ : ४७ बजे