१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लिपुलेक नेपाली भूमि  ः राष्ट्रपति भण्डारी


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

 

राष्ट्रपति भण्डारीबाट नीति तथा कार्यक्रम प्रस्तुतका
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै । तस्वीरः रत्न ७नतसेष्ठ/ रासस

२ जेठ ०७७, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न तदनुकूल पहल गरिने बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले छुटेको नेपालको भूमि समावेश गरी नयाँ नक्शा सार्वजनिक गरिने जानकारी दिनुभयो ।
लिपुलेक क्षेत्रमा अतिक्रमण गरी हालै भारतले सडक निर्माण गरेको थियो । नीति तथा कार्यक्रममा वर्तमान सरकार गठनपछि छिमेकी मुलुकसहित अन्तरराष्ट्रिय सम्बन्धमा नयाँ आयाम स्थापित भएको पनि जनाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ८ : ०८ बजे