३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


इटलीद्वारा जुनदेखि यात्रा अनुमति दिने


४ जेष्ठ २०७७, आइतबार  

0
Shares


४ जेठ ०७७, इटली । इटलीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ ।
स्थानीय समय अनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटाली भित्रको यात्रामा पनि प्रतिबन्ध हटाइनेछ । बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइनेछ । मे १८ मा अन्त्य हुने गरी अवागमनमा लगाएको प्रतिबन्धहरू १२ हप्ताभन्दा पछि हटाइनेछ । इटली युरोपमा फैलिएको कोरोनाभाइरसको प्रकोपको केन्द्रबिन्दु बनेको थियो ।
सङ्क्रमण नियन्त्रणका लागि यसले युरोपमा सबैभन्दा कडा मानिएकोे अनावश्यक यात्रामा प्रतिबन्ध लगाउँदै आन्तरिक तथा बाह्य सिमाना बन्द गरेको थियो । जसको शुरूमा यूरोपेली मुलुकहरूमा आलोचना पनि भएको थियो तर इटलीले बन्दाबन्दी नै सङ्क्रमण रोक्ने उत्तम उपाय रहेको ठहर गर्दै लामो समयसम्म आवागमन तथा व्यापारिक गतिविधिमा समेत रोक लगाएको थियो ।
इटालीले पहिलो पटक मार्च १० मा लागू भएको घरेलु लकडाउनका सर्तहरू बिस्तारै सहज गर्दै गएको छ । जुन ३ को परिवर्तन अन्तराष्ट्रिय आवागमनलाई खुलाउने पहिलो कदम हुनेछ ।

इटलीमा शनिबारसम्ममा दुई लाख २३ हजार ८८५ सङ्क्रमित भएका छन् भने ३१ हजार ६१० व्यक्तिको मृत्यु भएको छ । यहाँ एकलाख २० हजार २०५ जना निको भएर घर फर्किएका छन् । इटलीभरी अझै ७२ हजार ७० व्यक्तिले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । यीमध्ये ८०८ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ७ : ०० बजे