३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना रोगको औषधि विवादपछि ब्राजिलका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा


४ जेष्ठ २०७७, आइतबार  

0
Shares


४ जेठ ०७७, ब्राजिल । कोरोनाका लागि बैकल्पिक औषधि प्रयोग गर्नेबारे त्याहाका राष्ट्रपतिसँग विवाद बढेपछि ब्राजिलियाली स्वास्थ्य मन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको एक महिनाभन्दा पनि कम समयमा पदबा राजीनामा गर्नुभएको छ ।
कोरोनाभाइरसका घटनाहरू देशव्यापीरूपमा व्यापक वृद्धि भएका समय स्वास्थ्यमन्त्रीको राजिनामा आउनुलाई राष्ट्रपति जैयर बोल्सनोरो र स्वास्थ्यमन्त्री तेइचबीच कोरोनाको महामारीलाई व्यवस्थापन गर्ने बिषयमा देखिएको विवादका रूपमा व्याख्या गरिएको छ ।
नेल्सन मन्डेटाको स्थानमा मन्त्री बनाइएका तेइच राजीनामा गर्नेे ब्राजिलका दोस्रो स्वास्थ्यमन्त्री हुनुभएको छ ।
“जीवन छनौटहरू मिलेर बनेको छ र मैले आज पदबाट छोड्ने निर्णय लिएको छु,“ तेइचलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था ‘द न्यु योर्क टाइम्स’ ले लेखेको छ ।

उहाँले भन्नुभयो, “यस पदमा रहेर काम गर्न म असमर्थ रहेँ तर म देश र जनतालाई पदमा नरहेर पनि सहयोग गर्न सक्छु ।”
उहाँले राष्ट्रपति बोल्सनोरोको कडा आलोचना गर्दै भन्नुभयो, “वास्तविकतालाई इन्कार गर्ने राष्ट्रपतिबाट म निराश छु ।”
निवर्तमान् स्वास्थ्यमन्त्रीले ब्राजिल कोभिड–१९ अनुमानित सङ्ख्याको सामना गर्न तयार नरहेको घोषणा गर्दै पद छोड्ने निर्णयलाई सार्वजनिक गर्नुभएको हो ।
ब्राजिलका जनताको हितका लागि यो तीतो यथार्थ बोल्नु आफ्नो बाध्यता भएको उहाँले बताउनुभयो ।
तेइचले भन्नुभयो, “बाजिलले धेरै सङ्क्रमण फैलिने अनुमान गरेको छ । थोरै मानिसहरुले रोगको नियन्त्रणका लागि एकान्तमा रहने उपायलाई पालना गरिरहेका छन् । यसबाट आउनसक्ने परिस्थितिको सामना गर्न ब्राजिलको स्वास्थ्य सेवा प्रणाली तयार छैन ।”

एक फेसबुक पोस्टमा निवर्तमान स्वास्थ्यमन्त्री तेइचले भन्नुभयो, “मैले पदका लागि ब्राजिलियाली जनताको स्वास्थ्यप्रति खेलवाड नगर्ने कुरालाई छनौट गरेँ ।”
न्यूयोर्क टाइम्सका अनुसार राष्ट्रपति बोल्सोनारो र उहाँका दुबै स्वास्थ्यमन्त्रीबीच मलेरियाविरूद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोभिड–१९ को उपचारमा प्रयोग गर्ने बिषयमा विवाद भएको हो । राष्ट्रपतिले उपचारमा उक्त औषधिलाई प्रयोग गनुपर्र्ने अडान राख्नुभएको थियो भने निवर्तमान स्वास्थ्यमन्त्री तेइच र पूर्व स्वास्थ्यमन्त्री मन्डेटाले यसलाई प्रयोग गर्ननहुने विचार राख्दै आएका थिए ।

ब्राजिल कोरोनाभाइरसको सङ्क्रमणका हिसाबले छैठौं बढी प्रभावित देश हो । शनिबारसम्ममा ब्राजिलमा दुई लाख १८ हजारभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने करिब १५ हजारको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ७ : १६ बजे