३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


पश्चिम बङ्गालमा लकडाउनको स्वरुप परिवर्तन गरिने


६ जेष्ठ २०७७, मंगलबार  

0
Shares

६ जेठ ०७७, पश्चिम बंगाल भारत । भारतको पश्चिम बङ्गालमा बन्दाबन्दीको स्वरुप परिवर्तन गरिने भएको छ ।
चौथो चरणको बन्दाबन्दी लागु भएसँगै सोमबार सूचना जारी गरेर त्यसको स्वरुपमा परिवर्तन गर्न लागिएको उच्च अधिकारीहरुले जनाएका छन् ।
भारतको केन्द्रीय सरकारले आइतबार फेरी बन्दाबन्दीको अवधि दुई हप्ता बढाएर यही मे ३१ तारिखसम्म पु¥याएको छ । यो चौथो चरणको देशव्यापी बन्दाबन्दी हो ।
थप गरिएको बन्दाबन्दीका बेला भने सरकारले केही खुकुलो व्यवस्था गरेको छ । निश्चित क्षेत्रमा सरकारले मातहतका निकायहरुको निर्णयका आधारमा आवतजावत र अन्य गतिविधिहरुमा केही खुल्ला गर्ने व्यवस्था गर्न लागिएको हो ।
नयाँ खुकुलो व्यवस्थाले विषेश गरी अलपत्र परेका मजदूरहरूलाई राहत मिल्न सक्ने सरकारी अधिकारीहरूले अपेक्षा गरेका छन् ।
“केन्द्रीय गृह मन्त्रालयले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ, त्यही अनुसार लकडाउनको स्वरुपमा केही परिवर्तन गर्न लागिएको छ, त्यसका लागि प्रदेश सरकारले सूचना जारी गर्न लागेको छ,” वरिष्ठ एक सरकारी अधिकारीले भने ।

छुट्टै रहेका पसलहरू र हरित क्षेत्र मानिएको क्षेत्रमा विहान ७ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने उनीहरुको भनाई छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीेले मुख्यमन्त्रीहरुसँग गरेको छलफलका आधारमा लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरिएको केन्द्रीय गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले चौथो चरणको लकडाउनका लागि नयाँ निर्दे्शिका बनाइएको पनि जानकारी दिएको छ ।
प्रदेश सरकारले भने यसअघि नै ग्रामिण क्षेत्रमा कृषि लगायतका कार्यकालागि सहज वातावरण बनाउने निर्णय गरेको थियो ।

मुख्यमन्त्री ममता बनर्जीले लकडाउनको स्वरुप परिवर्तन गर्ने र उच्च सतर्कता अपनाउदै केही कामहरु गर्न दिने निर्णय गरिएको अघिल्लो हप्ता नै जानकारी दिनुभएको थियो ।
सरकारी अधिकारीहरूका अनुसार आइतबारसम्ममा पश्चिम बङ्गालमा कोरोनाभाइरसका कारण १६६ जनाको मृत्यु भएको छ भने दुई हजार ६७७ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ७ : ४९ बजे