३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा कोरोना खोप सफल


६ जेष्ठ २०७७, मंगलबार  

0
Shares

गतमार्च १६ मा खोप लगाउँदै वर्षीया जेनिफर। तस्बिरः एपी

६ जेठ ०७७,अमेरिका । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरणको परीक्षण सफल भएको छ । एमआरएनए १२७३ नाम दिईएको यो खोप मानिसमा गरिएकोे परिक्षण सफल भएपछि वौज्ञानिकहरु उत्साहित छन् ।
सोमबार साँझ दिईएको जानकारी अनुसार खोपले मानिसको शरिरमा ज्यादै कम साइड इफेक्ट गरेको परिक्षण पछि तथ्य निस्केको पनि बताइएको छ ।
अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको यस खोपले सोचेभन्दा राम्रो नतिजा दिएको वैज्ञानिकहरुको भनाई छ ।
वैज्ञानिकहरका अनुसार यस खोपले मानिसको शरिरमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमताको विकाश गर्छ ।
अव छिट्टै दोश्रो चरणको परिक्षण शुरु हुने र यो परिक्षण ६ जनामा गर्न लागिएको मोडेर्नाले बताएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १० : ३१ बजे