३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विश्व कोरोना अपडेट ः ३ लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित


७ जेष्ठ २०७७, बुधबार  

0
Shares

७ जेठ ०७७ जेनेभा, (रासस–एएफपी) –– कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ३ हजार ४४५ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ७६५ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख २० हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ७९६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९१ हजार ९८१ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वा्धिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ९९, स्पेनमा ५९ र फ्रान्समा ७५३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १६ हजार ८५३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७३५ जनाको ज्यान गएको छ ।

डाटामा हेरौं कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश      कूल संक्रमित       निको भएका  कूल मृत्यु

विश्वभर           ४८,९४,२७८ १९,०९,२३६  ३,२०,१८९

१.    युरोप              १७,९७,५७३  ७,८२,७४८   १,६३,६२६

२.    उत्तर अमेरिका      १७,१३,७७५   ४,४७,७९१   १,०४,३०२

३.    एसिया             ८,२२,०८२  ४,७२,५७८   २५,१५५

४.    दक्षिण अमेरिका     ४,६१,३७२    १,६२,६३३    २४,१२०

५.    अफ्रिका     ९०,०८०          ३४,८७९    २,८५०

६.    ओसेनिया(अस्ट्रेलिया) ८,६७५ ७,९५६      १२१

दक्षिण एसियाली मुलुकहरु

१.    भारत             १,०१,२६१    ३९,२३३      ३,१६४

२.    पाकिस्तान   ४३,९६६     १२,४८९     ९३९

३.    बंगलादेश   २३,८७०     ४,५८५      ३४९

४.    अफगानिस्तान      ७,०७२ ८०१        १७३

५.    श्रीलंका            ९९२        ५५९ ९

६.    माल्दिभ्स    १,१०६ ८०         ४

७.    नेपाल             ३७५  ३६   २

८.    भुटान             २१          ५           –

राष्ट्रिय समाचार समिती

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ६ : ३१ बजे