३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा कोरोनाबाट मृत्यु हुने ३ हजार ज्यादा, १ लाखमा संक्रमण


७ जेष्ठ २०७७, बुधबार  

0
Shares


७ जेठ ०७७, (रासस÷एएनआई) ः भारतमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार १६३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेका आज बिहानसम्म प्राप्त समाचारमा जनाइएको छ ।
भारतमा कोरोना भाइरस संक्रमण फैलिने डर गरिएको लकडाउनका आज ५६ औं दिन पुगेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनलाई मे ३१ सम्म लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको छ । प्रधान मन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताउनु भएको छ । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ ।
यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ । गृह मन्त्रालयद्धारा गत आइतबार साँझ जारी नयाँ दिग्दर्शनअनुसार संक्रमणको जोखिम हरेर क्षेत्र अधिकार प्रदेश तथा केन्द्र शासित राज्यहरुले क्षेत्र निर्धारण गर्न पाउनेछन् । यसअघि केन्द्र सरकारले नै त्यस्ता क्षेत्र निर्धारण गरेको थियो ।
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ७ : २९ बजे