३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विश्व कोरोना अपडेट ः संसारभर ५० संक्रमित लाख,३ लाख २४ हजारको निधन


८ जेष्ठ २०७७, बिहिबार  

0
Shares


८ जेठ ०७७ जेनेभा, (रासस–एएफपी)कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९४ हजार ८१३ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ५८९ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ४३४ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ५८ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ३४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ५५२ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९३ हजार ५३३ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वा्धिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १६२, स्पेनमा ६९ र रसियामा ११५ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १७ हजार ९८३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा १ हजार १३० जनाको ज्यान गएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र।सं। महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ४९,९०,४७० १९,६१,३८५ ३,२४,९९०

१. युरोप १८,१५,९०७ ७,९५,६५२ १,६४,६०२
२ उत्तर अमेरिका १७,३९,२३६ ४,५५,७८४ १,०६,२८४
३. एसिया ८,४४,५८३ ४,८७,४८४ २५,५५०
४. दक्षिण अमेरिका ४,८८,००६ १,७७,००३ २५,४९३
५. अफ्रिका ९३,३३१ ३६,८२१ २,९२५
६. ओसेनिया९अस्ट्रेलिया० ८,६८६ ७,९९० १२१

दक्षिण एसियाली मुलुकहरु

१. भारत १,०६,८८६ ४२,३०९ ३,३०३
२. पाकिस्तान ४५,८९८ १३,१०१ ९८५
३. बंगलादेश २५,१२१ ४,९९३ ३७०
४. अफगानिस्तान ७,६५३ ८५० १७८
५. श्रीलंका १,०२७ ५६९ ९
६. माल्दिभ्स १,१४३ ९१ ४
७. नेपाल ४०२ ३७ २
८. भुटान २१ ५ –

 

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ६ : ४३ बजे