३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा २४ लाख ३० हजार वेरोजगार


९ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


९ जेठ ०७७, अमेरिका । अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले वेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् ।
अमेरिकामा कोभिड–१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै वेरोजगार दरमा निकै धेरै वृद्धि भएको बताइएको छ । सरकारी तथ्याङ्क अनुसार मार्च महिनाको मध्यदेखि गत हप्तासम्ममा वेरोजगार हुनेको सङ्ख्या तीन करोड ८६ व्यक्ति वेरोजगार बनेका छन् ।
श्रम विभागको तथ्याङ्क अनुसार मे १६ सम्ममा वेरोजगार भत्ताका लागि नयाँ दावी सहितका आवेदनको सङ्ख्यामा अघिल्ला केही हप्ताको तुलनामा केही घटेको छ । इद्यपि अझै पनि बेरोजगार भत्ताका लागि परेका निवेदनमा उल्लेख्य कमी भने आउन सकेको छैन ।
बेरोजगार दरमा पछिल्ला केही वर्ष यताकै उच्च समस्या देखिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण धेरै राज्यहरूमा नियमित रूपमा औद्योगिक, व्यवसायिक गतिविधिमा स्वतः कमी आउँदा वेरोजगार दरमा उच्च वृद्धि देखिएको विभागले बताएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ५ : ५१ बजे