१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर सिद्धिपुरको घरमा प्रहरीले ग¥यो सिल


९ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


९ जेठ ०७७, सिद्धिपुर । महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा एक घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा छ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट टे«सिङमार्फत जानकारी पाएपछि स्थानीयवासीले त्रासका कारण मिलेर बिहीबार सिल गरेका हुन् ।

सो घरमा आमासहित नौ मानिस बस्दै आएका छन् । उहाँहरुको पिसिआर विधिद्वारा कोरोना परीक्षण नभएसम्म बाहिर कसैसँग सम्पर्क नहोस् भनी स्वीकृति लिएर घर बन्द गरिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी उहाँहरुको कोरोना परीक्षणको नतिजा नआएसम्म आवश्यक सबै वस्तुलगायत खाद्यान्नको व्यवस्था गरिदिने छाँै ।” स्वाब परीक्षणको नतिजा आएपछि मात्र सो घरको सिल खोलिने श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि सिद्धिपुरमा बाहिरी जिल्लाबाट आई मानिस बसेका सूचनाका आधारमा वडा कार्यालय र स्थानीयवासी मिलेर गत बुधबार र बिहीबार चार घर बन्द गरेका थिए । ती घरमा गरिएको सिल भने हाल खोलिसकिएको छ ।
–––

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ७ : ०५ बजे