४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना अपडेट ः थपिए ३ कोरोना सङ्क्रमित, नेपालभर ४ सय ५७ 


९ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


९ जेठ ०७७,बाँके । कोरोना भाइरसको सङ्क्रमण फेरि तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार दुई पुरुष र एक महिलामा सङ्क्रमण देखिएको बताउनुभयो ।

बिहीबार राति देखिएका नयाँ सङ्क्रमितमा बाँके नरैनापुर गाउँपालिका–३ निवासी ३२ वर्षीय पुरुष र खजुरा गाउँपालिका–३ निवासी ४२ वर्षीया महिला तथा कपिलवस्तु शुद्धोधन गाउँपालिका १९ वर्षीय पुरुष छन् । अहिलेसम्म सङ्क्रमित ४५७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको हो । अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । उहाँका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ७ : ५७ बजे