१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लक डाउनमा पनि सार्वजनिक बिदा


११ जेष्ठ २०७७, आइतबार  

0
Shares

११ जेठ ०७७, ललितपुर । अहिले देशभर लक डाउन छ । लक डाउन भएकै कारण कार्यालय पसललगायत सबै ठप्प छ । तर सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसर परेको भन्दै सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयानुसार मुस्लिम सुमदायको इद उल फित्रका अवसरमा आज आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरिएको थियो । बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध भइआएको हुँदा जेठ ११ को सट्टा १२ गते सोमबारका दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  १० : ४० बजे