७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कोरोना कहर ः घट्न थाल्यो रेमिट्यान्स


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares

१३ जेठ ०७७, काठमाडौं । गत चैतदेखि वैशाख मसान्तसम्म करिब रु ७५ अर्ब ४८ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहमा कमी आएको छ । गत वर्षको सोही अवधिमा रु एक खर्ब ४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो ।

बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । नेपालीको प्रमुख श्रम गन्तव्य खाडी, मलेसियालगायतका देशमा पनि ‘लकडाउन’ जारी रहेका बेला विप्रेषण आप्रवाहमा नकारात्मक असर परेको हो । गत फागुनमा रु पाँच अर्ब १० करोड प्राप्त भएकामा गत चैतमा रु एक अर्ब ६० करोड मात्रै त्यस्तो आय प्राप्त भएको छ ।

गत चैतदेखि वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले रु ८३ अर्ब निक्षेप सङ्कलन गरी रु २२ अर्ब कर्जा लगानी गरेको अपरिस्कृत तथ्याङ्क प्राप्त भएको बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार गत चैतदेखि वैशाखसम्म रु सात अर्ब १६ करोडको निर्यात भएकामा रु एक खर्ब ९० करोडको आयात भएको छ । गत वर्षको सोही अवधिमा रु १७ अर्ब ३१ करोडको निर्यात र दुई खर्ब २९ अर्ब तीन करोडको आयात भएको थियो ।

बैंकका अनुसार कोरोना भाइरसका कारण प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा रु एक खर्ब ६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रीय बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा रु ३१ अर्ब ६९ करोड तरलता प्रवाह भएको छ । सोअन्तर्गत स्थायी तरलता सुविधामार्फत रु तीस अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत रु एक अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको छ ।

गत चैतदेखि वैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरुबीच रु एक खर्ब ५३ अर्ब २० करोड र वित्तीय संस्थाहरुबीच रु आठ अर्ब तीन करोड अन्तर बैंक कारोबार भएको छ । चालु आवमा सरकारले रु एक खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने योजना रहेकामा यही जेठ ९ गतेसम्म रु ४५ अर्ब बरारबको ट्रेजरी बिल, रु एक खर्ब बराबरको विकास ऋणपत्र, रु १३ करोड ५० लाख बराबरको नागरिक बचतपत्र र रु ५० लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र गरी कुल रु एक खर्ब ४५ अर्ब १४ करोड २० हजार आन्तरिक ऋण परिचालन गरिएको छ ।

वाणिज्य बैंकहरुले कुल कर्जाको कम्तिमा १० प्रतिशत कृषि तथा १५ प्रतिशत ऊर्जा, पर्यटनलगायतका प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत चैत मसान्तसम्म कृषिमा रु दुई खर्ब ६६ अर्ब, ऊर्जामा रु एक खर्ब ४० अर्ब र पर्यटनमा रु एक खर्ब ३० अर्ब लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै गत चैत मसान्तसम्म २८ हजार ६५९ ऋणीलाई रु ५३ अर्ब ८७ करोड सहुलियतपूर्ण कर्जा लगानी गरिएको छ । त्यसमध्ये २३ हजार ४०९ ऋणीलाई रु ५० अर्ब ४७ करोड व्यावसायिक तथा पशुपक्षी कर्जा, पाँच हजार २५० लाई रु तीन अर्ब ४१ करोड कृषि तथा पशुपक्षी कर्जा प्रवाह गरेको छ ।

केन्द्रीय बैंकले चालू आवको मौद्रिक नीतिको समीक्षा गर्दै आन्तरिक तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्न प्राथमिकताप्राप्त क्षेत्र, लघु साना तथा मझौता व्यवसाय, रोजगारी सिर्जना एवं उद्यमशीलता विकासतर्फ वित्तीय साधनलाई प्रोत्साहित गरी आन्तरिक उत्पादन प्रवद्र्धनमा जोड दिने उल्लेख गरेको छ । बैंकका अनुसार भुक्तानी प्रणालीको विकास मार्फत वित्तीय मध्यस्थताको समय तथा लागत कतौटी गर्ने, सर्वसाधारणको वित्तीय पहुँच अभिवृद्धि र वित्तीय क्षेत्रको सवलीकरण गर्ने कार्यलाई निरन्तर अगाडि बढाउने जनाएको छ ।

कोरोनाको महामारीले पार्न सक्ने थप प्रभावलाई विशेष ध्यानमा राखी अर्थतन्त्रलाई पुनःउत्थान गर्न सरकारको नीति तथा कार्यक्रम र बजेटसँग समन्वय हुने गरी वार्षिक मौद्रिक नीति तर्जुमा गरिने केन्द्रीय बैङ्कले जनाएको छ ।
–––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज
×

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ४४ बजे