३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


लकडाउनको नियम मन्त्रीद्धारा उलंघन


१५ जेष्ठ २०७७, बिहिबार  

0
Shares


१४ जेठ ०७७, मध्य प्रदेश भारत (रासस÷एएनआई) ः भारतका एक जना केन्द्रिय मन्त्रीले लकडाउनको नियम उलंघन गरेको भन्दै आलोचना भएको छ । केन्द्रिय मन्त्री नरेन्द्र सिंह टोमरले श्योपुर जिल्लाको भ्रमण गर्दा लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने नियम उलंघन गरेको आरोप लागेको हो ।
जिल्लाको निशाद राज भवनमा आयोजित एक कार्यक्रममा सहभागी हुदाँ उहाँले मापदण्ड उलंघन गरेको बताइएको छ । भारतको मध्य प्रदेश राज्यमा अहिलेसम्म कोरोना भाइरसका कारण सात हजार २४ जना विरामी भएको पुष्टि भएको छ ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यस प्रदेशबाट मात्रै अहिलेसम्म तीन हजार ६८९ जना निको भएर फर्किएका छन् भने ३०५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ८ : १३ बजे