३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था


१६ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

१६ जेठ ०७७,पेरिस । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ ।
एक अर्कालाई कोरोनाभाइरस सर्न नपाओस् भन्ने उद्देश्यले टेबलमा प्लाष्टिकले छोप्ने व्यवस्था गरिएको सञ्चालकहरुले जनाएका छन् ।
हरेक व्यक्तिको अनुहार तथा शरिर तीन चार तिरबाट छेकिनेगरी टेवलमा नयाँ संरचना बनाइएको पाइएको छ ।

त्यस्ता संरचना बनाएपछि बोलेको सुनिने, देख्न सकिने तर एक अर्कालाई नछोईने र एक अर्काको स्वासप्रश्वास आदानप्रदान नहुने सञ्चालकहरुको भनाइ छ । यस्ता संरचनाहरु कोरोनाभाइरस सर्ने खतरा रहेको बेलासम्मका लागि मात्रै राखिने उनीहरुले बताएका छन् ।
रेस्टुरेन्टहरुमा सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरु पनि अपनाउनु पर्ने नियम कायमै राखिएको छ ।

लिथुआनियाको राजधानीमा रहेको एउटा रेस्टुरेन्टमा बनाइएका त्यस्ता संरचनाहरु स्थानीय फेसन डिजाइनरहरुले बनाएको बताइएको छ ।
“हामीले उपभोक्ताहरुलाई सुरक्षित र सजिलो हुनेगरी व्यवस्थापन गरेका छौँ,” रेस्टुरेन्टका एक सञ्चालक पात्रिकास रिबासले भन्नुभयो ।
राजधानी भिल्निसका मेयर रेमिगिजुस सिमासिसले सृजनात्मक र राम्रो काम गरेको भन्दै उनीहरुको प्रशंसा गर्नुभएको छ ।

त्यसैगरी जर्मनीको होफैममा रहेको ‘विफ एण्ड विफ’ले पनि टेवलमा यस्तै प्रकारको संरचना बनाएको छ ।
आम्स्टर्डामको मेडियामेटिक रेस्टुरेन्टले शिशाका साना साना कोठा तथा घरहरु बनाएर कोरोनाभाइरस फैलिन नदिने प्रयास गरेको छ ।
कोरोनाभाइरस फैलिने डरले विश्वका धेरै ठाउँका व्यापार, व्यवसाय तथा कार्यालयहरु बन्द गरिएका छन् भने सरकारले लकडाउनको घोषणा गरेका छन् ।

कोरोनाको डर र लकडाउनका कारण व्यापार व्यवसाय सञ्चालकहरु आर्थिक सङ्कटमा पर्न थालेपछि केही सञ्चालकहरुले सतर्कतासहितको नयाँ व्यवस्था गरेर व्यवसाय सञ्चालन गर्न थालेका हुन् ।
–––

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ६ : १९ बजे