२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


लकडाउनमै भारतमा ‘श्रमिक विषेश’ रेलबाट ५२ लाख यात्रुलाई सेवा


१७ जेष्ठ २०७७, शनिबार  

0
Shares


१७ जेठ ०७७, नयाँ दिल्ली (एएनआई÷रासस) ः भारतमा अहिले सञ्चालन गरिएको ‘श्रमिक विषेश रेल’मार्फत् बिहीबारसम्म ५२ लाख यात्रुले यात्रा गरेका छन् ।
लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरुलाई सम्वन्धित ठाउँमा पु¥याउनका लागि भन्दै केही दिनदेखि भारतमा मजदुर विषेश रेल सञ्चालन गरिएको छ ।
यो अवधिमा बिहीबारसम्म तीन हजार ८४० ‘श्रमिक विषेश’ रेल सञ्चालन गरिएको रेल वे बोर्डका अध्यक्ष विनोद कुमार यादवले शुक्रबार जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले वितेको हप्ता मात्रै २० लाखभन्दा बढी श्रमिकहरुले ‘श्रमिक विषेश’ रेलबाट यात्रा गरेको जानकारी दिनुभयो । श्रमिकहरुलाई उनीहरुले चाहेको प्रदेशमा लगिएको पनि उहाँले बताउनुभयो ।
यही मे २० तारिखसम्म कुल २७९ ‘श्रमिक विषेश’ रेल सञ्चालन भएका थिए भने तिनीहरुलाई प्रदेश सरकारको समन्वयमा सञ्चालन गरिएको यादवले बताउनुभयो ।
सवैभन्दा धेरै यात्रु उत्तर प्रदेशमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।