११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर बुङ्गमतीका कोरोना संक्रमितको शवदाहपछि विद्युतीय शवदाह गृह सञ्चालन


१७ जेष्ठ २०७७, शनिबार  

0
Shares


१७ जेठ ०७७, काठमाडौं । पशुपतिस्थित विद्युतीय शवदाह गृह आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भई निधन भएका ललितपुर बुङ्मतीका पुरुषको गत बिहीबार शवदाह गरेपछि बन्द गरिएको शवदाह गृहलाई निर्मलीकरण गरी आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोरोना सङ्क्रमित भई निधन भएका पाँचौँ व्यक्ति बुङ्मतीका पुरुषको शवदाह गरिएपछि ३६ घण्टाभन्दा बढी निर्मलीकरण गरेर आज दिउँसो १ बजेदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक राजु रेग्मीले राससलाई जानकारी दिनुभयो । शवदाहमा संलग्न दुई कर्मचारीलाई शवदाह गृहमै क्वारेन्टिनमा राखी दुईपटक आरडिटी परीक्षण गर्दासमेत प्रतिवेदन नेगेटिभ आएको उहाँले बताउनुभयो । दुवै कर्मचारीलाई आज बिहान क्रियापुत्री घरको क्वारेन्टिनमा राखी विद्युतीय शवदाह गृहलाई पुनः निर्मलीकरण गरेपछि सञ्चालनमा ल्याइनेछ ।
शवदाहमा संलग्न कर्मचारीको सातौँ दिन पिसीआर विधिबाट पुनः परीक्षण गरिने कोषले जनाएको छ । हाल पशुपति क्षेत्रस्थित क्रियापुत्री घर पनि सञ्चालनमा रहेको छ । क्रियापुत्री घरका पाँच कोठा भने क्वारेन्टिनका लागि राखिएको छ । पशुपतिमा क्रियापुत्री सेवाका लागि ४२ कोठा उपलब्ध छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ११ : ५१ बजे